न्यायिक इतिहासमा कालो दिन: बार (विज्ञप्तिसहित)


काठमाडौं, चैत १-नेपाल बार एसोसियसनले आजको दिनलाई न्यायिक इतिहासमा कालोदिनको संज्ञा दिएको प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा बारले आजको दिनलाई कालो दिनको संज्ञा दिएको हो ।

बारको बिहीबार बसेको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा सदैव स्मरण गर्ने निर्णय गरेको हो । बारले प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको अध्यक्ष बन्नु दुखद भएको भन्दै तत्काल पदबाट राजीनामाको माग समेत गरेको छ । न्यायिक निर्णय र प्रकृयलाई नपर्खीकन असंवैधानिक ढंगले चुनावी सरकारको नेतृत्व गरेको भन्दै बारले रेग्मीबाट संविधान संरक्षण हुन नसक्ने ठहर समेत गरेको छ ।

दलहरुको असंवैधानिक निर्णय स्वीकार गरेको भन्दै बारले राष्ट्रपति रामवरण यादवप्रति पनि दुःख प्रकट गरेको छ । प्रधानन्यायाधीशको नेतृत्वबारे पहिलेदेखि नै असहमति जनाउँदै आएको बारले शुक्रबारको बैठकबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।

बारको विज्ञप्तीः


0 comments

Write Down Your Responses

Powered by Blogger.