मुस्ताङ छाडेका बाबुराम भारतीय राजदुतसंगै शितल निवास छिरे
१ चैत, काठमाडौं । निवर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराई स्कापिर्यो गाडी चढेर आफ्नो पुरानो निवास सानेपा फर्किनु भएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का नवनियुक्त अध्यक्ष खिलराज रेग्मिको शपथ ग्रहण समारोहका लागि राष्ट्रपतिको कार्यालय शितल निवास म्याक्स चढेर पुग्नु भएको भट्टराई स्कापिर्यो चढेर सानेपा फर्किनु भएको हो ।
यता, खिलराज रेग्मी बा १ झ ५४५६ नम्बरको गाडीबाट प्रधानमन्त्री कार्यालय पुगेर पदबहाली गर्नु भएको छ । शपथ समारोहका लागि शितल निवास पुग्दा प्रधानमन्त्री भट्टराई र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद संगै प्रवेश गरेका थिए ।
गत वर्ष भदौ ११ मा शपथपछि मुस्ताङ म्याक्स चढेरै भट्टराई प्रधानमन्त्रीको हैसियतमा शितल निवासबाट बाहिरिनु भएको थियो । स्थानीय उत्पादनको प्रबदद्र्धनका लागी भन्दै भट्टराईले नेपालमै बनेको मूस्ताङ म्याक्स चढेपछि एक्कासी बढेको उहाको लोकप्रियता त्यसपछि क्रमश बिभिन्न मुद्धामा बिबादित बन्दै आरालो लागेको थियो ।
भ्रष्टाचार अन्त्यका लागी शून्य सहनशिलगाको नीति अख्तियार गर्ने बताउनु भएका भट्टराईलाई बिपक्षी दलहरुले इतिहासकै सबै भन्दा भ्रष्ट सरकार भएको आरोप लगाएका छन् ।
0 comments
Write Down Your Responses