युएईमा ३१ औं मगर दिवसको समिक्षा गरियो

दुवाई, चैत १ – नेपाली मगरहरुले हरेक वर्ष मनाउँदै आएको मगर दिवस रोजगारीको सिलसिलामा युएईमा रहेका मगरहरुले पनि २२ फेव्रेवरी शुक्रवारका दिन पारेर ३१ औं मगर दिवस हर्सौल्लाका साथ अतिनै सभ्य भव्य सानदार रुपमा दुवईको होटल ईम्पेरियलमा मनाएका थिए।

सोहि अवसरमा नेपालवाट जनजाति अग्रज मगर वुद्धिजिवी नेपाल मगर संघका केन्द्रिय वरिष्ठ सल्लाहकार भुपु मन्त्रि गोरेवहादुर खपाङगी र नेपाल महिला संघकी वर्तमान अध्यक्ष सुश्री गंगा खासु मगर विषेश अतिथीको रुपमा आमन्त्रित हुनु हुन्थ्यो भने यहाँका मगर तथा अन्य स्थानिय कलाकारहरुले वेजोड ढङगले आफनो संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए सोहि मगर दिवसको कार्यक्रमको अवधिभर गरेका सम्पुर्ण कुराहरुको समिक्षा गर्न दुवईको सफा पार्कमा यहि ८ मार्चका दिन वृहत भेला भई समिक्षा गरियो।

समिक्षा वैठको सभापत्वि मगर संघ युएईको अध्यक्ष नुनप्रसाद सोमै मगरले गरेका थिए भने प्रमुख अतिथीको रुपमा आदिवासि जनजाती महासंघ युएईका वर्तमान अध्यक्ष तथा मगर संघका सल्लाहकार गिरमान थापा रहेका थिए। वैठकका सञ्चालन महा-सचिव भरत रानाले गरेका थिए। वैठकमा उपस्थित सवै सहभागिहरुले कुनै पनि कार्यक्रम नापे जस्तो तौले जस्तो जोखे जस्तो नहुने भन्दै साना तिना कमि कमजोरिहरु देखिए पनि आउदा दिनहरुमा सुधार गर्दै जानु पर्ने वताएका थिए।

समग्रतामा पुर्णत कार्यक्रम ऐतिहासिक रुपले सफल भएको निस्कर्ष वैठकले गरेको छ। वैठकमा प्रमुख अतिथी गिरमान थापाले जति पनि कमि कमजोरि छन त्यसलाई सवैले मनन गर्दै सुधार गर्दै जानु पर्ने युएईमा भएका लगभग ३५ हजार मगरहरुलाई अज ससक्त ढङगले गोलवन्द गर्दै जागरुप गर्दै आगामि दिनहरुमा अझ प्रभावकारी वनाउदै लानु पर्नेमा जोड दिंदै सल्लाह सुझाव दिएका थिए।

यसै गरी वैठकका सभापतिले ३१ औं मगर दिवसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सवैलाई धन्यवाद दिदै विशेष गरि नेपाली राजदुतावास अवुधावि नेपालवाट आउने अतिथी, स्पोन्सर, कलाकार, वुद्धिजिवी, पत्रकार तथा तनमन धनले सहयोग गर्ने तथा उपस्थिीत सम्पुर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सवै पक्ष वाट सहयोग अपेक्षा राखिएको थियो भने अन्तमा केन्द्रिय कमिटी तथा क्षेत्रिय कमिटीले मगर सांस्कृतिक टोलिका सदस्य भुपु जित वुर्जालाई प्रशंसा पत्र तथा खादा ओढाएर विदाई गर्दै समिक्षा वैठको समापन गरिएको कुरा पत्रकारलाई जानकारी मगर संघ युएई केन्द्रिय कमेटीका प्रवक्ता खुमवहादुर आले मगरले गराएका थिए।

गिता मणि पाण्डे, युएई

0 comments

Write Down Your Responses

Powered by Blogger.