आदिवासी जनजाति महासंघ मलेसियाको प्रथम महाधिवेशन भव्यताका सम्पन्न

क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको प्रथम महाधिवेशनले सुन्दर आलेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन चयन गरेको छ । क्वालालम्पुरमा रहेको होटल फाईभ इलामेण्टमा आइतवार भएको महाधिवेशनले उपाध्यक्षमा हेमराज लिम्वु,लोक राई,देव वाईवा तामाङ र अगम तमुलाई चयन गरेको छ भने महिलाको एकस्थान रिक्त राखिएको छ । यसैगरी अधिवेशनले महासचिवमा जीवन देवान गाँउले, सचिवमा राम अस्लामि मगर र अमृत थाङदेनलाई चयन गरेको छ भने कोषाध्यक्षमा शेर वहादुर तामाङ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राज कुमार तेयुङ,जाङवु शेर्पा,रविलाल ताजपुरिया,तेजिङ शेर्पा,दिलिप तमु,आन्जिता तमुस्यो,केश तमु,वाम तामाङ,रुपेश लोप्चन,राजेश लामिछाने मगर, नम्रता तामाङ, निमा शेर्पा,सलिना थापा मगर,भिम तामाङ र विन्दु दर्लामी रहनु भएको छ । उक्त नवगठित समितिका पदाधिकारीहरुलाई नेपाल आदिवासि जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । महाधिवेशन तयारी समितिका संयोजक सुन्दर आलेका सभापतित्वमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि आदिवासि जनजाति महासंघका महासचिव आङकाजी शेर्पा रहनु भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महिला महासंघका अध्यक्ष नीमि शेर्पाले आदिवासिहरु भित्र पनि महिलाहरु पछाडि परेकाले आफना हक अधिकार लिनको लागि सवै एक हुनुपर्नेमा जोड दिनु भयो । महाधिवेशनमा विश्व शान्तिको कामना गर्दे विश्व शान्ति यात्रामा निस्किएका भिक्षु मगर, राष्ट्रिय जनमुक्ति पार्टिका मलेसियाका अध्यक्ष मनिराई गोठाले,गैर आवासिय नेपाली संघका महासचिव विश्व राई,पत्रकार कोपिला गौतम,प्रवासी तामाङ एकता समाजका मलेसियाका अध्यक्ष वाम तामाङ, प्रवासी मगर संघका महासचिव राम अस्लामि मगर, र किरात याक्थुम चुम्लुङका अमृत थाङदेनले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

अधिवेशन तयारी समितिका सदस्य तथा तमु समाज मलेसियाका सचिव केश तमुको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन किरात राई यायोख्याका जीवन देवान गाउँलले गर्नुभएको थियो । महाधिवेशनमा विभिन्न जातिय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै महाधिवेशन सम्पन्न पार्न सहयोग पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.