चुनावमा कांग्रेस र एमालेले २ या ३ सीट जित्छन् : आङकाजी
५ चैत, क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जातीय पहिचानसहितको संघीयतालाई अंगीकार नगर्ने जुनसुकै पार्टीलाई नेपाली जनताले आगामी निर्वाचनमा लोप्पा खुवाउने बताउनुभएको छ । उहाँले आगामी चुनावमा कांग्रेस र एमालेले दुई या तीन सीटमात्रै जित्ने दाबीसमेत गर्नुभएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आदिवासी जनजाति महासंघको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उहाँले जनजातिको मुद्दालाई बोकेर यसअघि पार्टीहरुले धेरै मत बटुलेको बताउनुभयो । ‘तर, अब संघीयता विरोधीले भोट पाउँदैनन्, कांग्रेस र एमालेको दुई/तीन सीटमात्रै आउँछ ।’- पूर्वएमाले नेतासमेत रहनुभएका शेर्पाले भन्नुभयो ।
कांग्रेस र एमालेका कार्यकर्ताहरुले पार्टी परित्याग गर्दा नेतालाई कालो झण्डा देखाएर बाहिरिने गरेको उहाँले बताउनुभयो । ‘तर, एमाओवादीका कार्यकर्ताले बाबुराम र प्रचण्डको कन्चटमा थि्रनट थ्री तेस्र्यााएर मात्रै पार्टी छाड्छन् ।’-उनले भने-’बन्दुक बोकेका साथीहरुले भोलि माओवादीलाई सोध्नेछन्, केका लागि हामीलाई बन्दुक बोकाएका थियौ ?’ माओवादीले जातीय पहिचानसहितको संघीयताका लागि कार्यकर्तालाई बन्दूक बोकाएको शेर्पाले बताउनुभयो ।
ब्रह्मणवादी सोच बोकेकाहरुले आजसम्म सत्ता चलाइरहेकाले देश अगाडि बढ्न नसकेको वताउँदै उहाँले अधिकार मागेर पाइएन भने खोसेरै भए पनि लिनुपर्ने बताउनुभयो । पद्मसमशेरदेखि प्रचण्डसम्म ब्राह्मणवादी चिन्तन रहेको उहाँले आरोप लगाउनुभयो । एमालेभित्र झलनाथ खनाल र योगेश भटटराई, कांग्रेसका सुशील कोइराला र गगन थापा अनि एमाओवादीका प्रचण्डदेखि टोपवहादुर रायमाझीसम्मको चिन्तन उस्तै रहेको बताउनुभयो । कार्यक्रममा सयौ नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।
0 comments
Write Down Your Responses