संयुक्त मधेसी गठबन्धन एकै पार्टी बनेर चुनाव लड्ने तयारी

काठमाडौं, चैत्र ४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित अन्य मधेसी दलहरू चुनावी तयारीमा जुटेका छन् । उनीहरू गठबन्धनभन्दा पनि एकै पार्टीका रूपमा चुनाव लड्ने रणनीति बनाउन थालेका छन् । मुलुकको दुई सय ४० क्षेत्रमध्ये मधेसको एक सय १६ स्थानमा मधेसी दलले संयुक्त रूपमा चुनाव लड्ने खाका कोर्न थालेका हुन् ।

मोर्चा र मोर्चा बाहिर रहेका मधेसी दल एक जुट भएर चुनाव लड्नुपर्ने प्रक्रियामा सामेल हुन छिट्टै मौर्चाको बेठक बोलाइने तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका महामन्त्री दानबहादुर चौधरीले बताए । उनले एउटै दलका रूपमा चुनाव लड्नेबारे मोर्चाभित्र कुरा उठेको र छलफल सुरु हुन थालेको उनले जनाए । उता मोर्चा बाहिर रहेका मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले पनि एक अर्काको प्रभुत्वलाई आत्मसात गर्दै सबै मधेसी दल संघीयतालगायतका मधेस मुद्दा स्थापित गर्न एकजुट हुनुबाहेक अन्य कुनै विकल्प नरहेको बताए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.