अष्ट्रेलियामा पनि पशुपतिनाथ मन्दिरको प्राणप्रतिष्ठा राखिँदै
अष्ट्रेलिया, फाल्गुन ३० – अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुको पहलमा सिड्नीको गिलफोर्डमा पशुपतिनाथ मन्दिरको स्थापना गरिएको छ । शिवरात्रीको अवसर पारेर उक्त मन्दिरको प्राणप्रतिष्ठा राखि औपचारिक रुपमा मन्दिर स्थापनाको कार्य सुरु गरिएको हो ।
हिन्दु समाज अष्ट्रेलियाको पहलमा नेपालको पशुपतिनाथबाट शिवलिङ ल्याएर अष्ट्रेलियामा पशुपतिनाथको मन्दिर स्थापना गरिएको हो । मन्दिर स्थापना गर्नका लागि यहाँ रहेका सयौं नेपालीहरुको सहभागिता रहेको थियो । स्थापनाका दिन भजन किर्तन गर्नुका साथै हिन्दु सास्कार अनुसारको कार्यविधि गरिएको थियो ।
सन २०१० देखि शुरु गरिएको पहल अहिले आएर सफल भएको समाजले जनाएको छ । समाजका उपादक्ष्य पण्डित प्रकाश ढोडारीले सबै नेपाली साघ सास्थाहरुका साथै ब्यक्तिगत सहयोगमा मन्दिर स्थापनाको कार्य भएको बताए । अन्य समुदायहरुले आफ्नो धर्म, सास्कार अनुसारको मन्दिर स्थापना गरेको भए पनि नेपाली समाजको तर्फबाट भने पहिलोपटक सामुहिक रुपमा पशुपतिनाथ मन्दिरको स्थापना गरिएको उनले बताए ।
0 comments
Write Down Your Responses