नेपालीको हत्या गर्ने जापानीलाइ १९ बर्ष खोरमा जाकियो
जापानमा नेपालीको हत्या गर्ने एक जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ । नेपाली नागरिक ४२ वर्षीय विष्णुप्रसाद धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको राजधानी टोकियोस्थित अदालतले सो सजाय सुनाएको हो ।
उनलाई सघाउने एकजना केटी साथीलाई पनि सो अदालतले नौ बर्ष जेल सजाय सुनाएको जापानी समाचार समिति क्योदोले जनाएको छ । अदालतले हिरोकीलाई १९ वर्ष र मियोकोलाई नौ वर्ष जेल सजाय सुनाएको छ । ती दुई जना रक्सीले मातेका थिए र बाटोमा हिँडीरहेका नेपाली नागरिक विष्णुप्रसादलाई बिना कारण कुटपीट गरेका थिए ।
दुवै जनाले विनाकारण बाटोमा हिँडेका ती नेपालीलाई बेहोस हुनेगरी कुटेर सडकमै छोडेका थिए । पछि बाटोमा राखिएको सिसी टिभीको माध्यमबाट ती व्यक्तिको पहिचान भएको थियो ।
सोही कुटपीटका कारण उनको ज्यान गएको प्रमाणित भएको छ । पिटाइबाट अचेत भएका ती व्यक्ति सडकमा लडेपछि पनि उनीहरुले कुटीरहेको दृश्य सो टिभीमा देखाइएको छ । उनलाई पिट्ने कुनै कारण नै नरहेको र मजाकका लागि उनीहरुले ती नेपालीलाई पिटेको प्रहरी अनुसन्धानबाट खुलेको समाचारमा जनाइएको छ । यस फैसलाबाट जापानमा विधिको शासन कायम रहेको त्यहाँ रहेका एक नेपालीले प्रतिक्रिया दिएका छन् ।
0 comments
Write Down Your Responses