मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

वैशाख १० । वैदेशिक रोजगारीका शिल्सिलामा ३ महिना अघि मलेसिया पुगेका एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । जोहोबारुको सेनाइस्थित लाइबियस मलेसिया नामक कम्पनीमा कार्यरत पासाबाङ २ रोल्पाका तर्थबहादुर बुढाको सोमबार दिउँसो सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मृतक बुढाको शवलाई पोस्टमार्टमका लागि कुलाइ अस्पतालमा राखिएको छ । ३२ वर्षीय बुढा आइतबार रात्रि सिफ्टको काम सकेर बिहान कोठामा फर्केका र पछि सुतेकै अवस्थामा उनको मृत्यु भएको उनी निकट आफन्तलाई उध्दृत गर्दै हेमचन्द्र राईले जानकारी दिनुभयो । राईका अनुसार सामाखुशी स्थित हाइल्याण्डर ओभरसिज प्रालि मार्फत मलेसिया आएका बुढाको परिवारमा श्रीमतीसहित ४ छोरी र १ छोरा रहेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.