माओवादीमा चुनावमा नजान जोड

 काठमाडौ, वैशाख १३ - नेकपा-माओवादीको केन्द्रीय कमिटीमा बोल्ने अधिकांश सदस्यले निर्वाचनमा जान नहुनेमा जोड दिएका छन् । ५१ पूर्ण र एक सय वैकल्पिक गरी १ सय ५१ सदस्यीय विस्तारित बैठकमा बोल्ने अधिकांशले पार्टीले अघि सारेका मुद्दा सम्बोधन नभएसम्म निर्वाचनबारे छलफल गर्न नहुने धारणा राखेका हुन् ।

'पार्टीको पूर्व निर्णयअनुरूप यथास्थितिमा निर्वाचनको कुरा गर्न नहुने धेरै साथीको भनाइ थियो,' प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । केन्द्रीय समितिको बिहीबार सम्पन्न बैठकले नयाँ सदस्यसँग प्रतिबद्धता लिँदै राज्यस्तरको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.