कोरियामा एक नेपालीको मृत्यु

अक्टोबर ३ मा बिदामा घर जान मंगलबार साँझ उनले नजिकको खरेबी बजारबाट प्लेन टिकट किनेर ल्याएका थिए । बेलुकी दुईजना साथीहरुसंग खाना खाएर सुतेका उनी आज बिहान साढे ७ बजे मृत अबस्थामा भेटिएका हुन् ।
संगै काम गर्ने राजेश महर्जनका अनुसार भट्ट बिगत ६ महिनादेखि मदिरा सेवन गर्दैनथे । कम्पनी संचालक तथा ब्यबस्थापकहरुबाट कुनै मानसिक दवाब नरहेको पनि महर्जनले बताए । प्रहरीको बिस्तृत प्रतिबेदन आउन बाँकी छ । प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु हृदयघातका कारण भएको उल्लेख छ । भट्टको परिवार र सोलस्थित नेपाली दुताबासलाई जानकारी गराइसकेको पनि महर्जनले बताए । मृतकको एक श्रीमती र दुई छोरा छन् । हाल शव याङजु शहरको एक अस्पतालमा राखिएको छ ।
त्यसैगरि धनकुटाका होम थक्लेहाङ लिम्बु बिगत ३ दिनदेखि बिहोस अवस्थामा रहेका छन् । सोल नाम्देमुन नजिकै रहेको एक गार्मेन्ट कम्पनीमा काम गरिरहेका बेला उनी गत सोमबार दिउसो १ बजे लडेर बेहोस भएका हुन । विगत लामो समयदेखि कोरिया बस्दै आएका ६० बषर्ीय लिम्बुको सोल नेशनल मेडिकल सेन्टरमा सघन उपचार भईरहेको छ । उपचार अत्याधिक महङ्गो पर्ने भएकाले किरात याक्थुङ चुम्लुङका अध्यक्ष भीमराज चेम्जोङले एक नेपालीको प्राण बचाउन कोरियामा रहेका सबै नेपालीहरुलाई सहयोगका लागि अह्वान गरेका छन् ।
0 comments
Write Down Your Responses