दार्चुलाका बाढिपीडितलाई अष्ट्रेलियाबाट ७ लाख ५० हजार सहयोग
१८ साउन, दार्चुला । सुदूरपश्चिम समाज अष्ट्रेलियाले दार्चुलाका बाढि पीडितहरुलाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा शुक्रबार भएको कार्यक्रममा समाजका उपाध्यक्ष श्याम पौडेलले चेक प्रमुख जिल्ला अधिकारी एवं विपत व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादु कटवाललाई हस्तान्तरण गर्नुभएको हो । अनलाइन मिडियामार्फत दार्चुलामा बाढीले पुर्याएको क्षति प्रत्यक्ष देख्दा आफुहरुको मन छोएपछि सुदूरपश्चिम तथा नेपालका विभन्न ठाउँहरुबाट कामको सिलसिलामा अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुबाट नगद संकलन गरिएको समाजका उपाध्यक्ष पौडेलले बताउनुभयो ।
मन्त्रीहरुको टोली दार्चुला आउने
असारको पहिलो साता महाकाली नदिमा आएको भिषण बाढिपछि क्षतिग्रस्त जिल्ला सदरमुकाम खलंगाको स्थलगत अवलोकन तथा विस्तृत कार्ययोजना निर्माण गर्न गृहमन्त्रीको नेतृत्वमा ९ सदस्यीय टोली दार्चुला आउने भएको छ ।
टोली आइतबार दार्चुला आइपुग्ने र यहाँ भएको क्षतिको सम्पूर्ण अवस्थाको अवलोकन तथा पुर्नस्थापना लगायत महाकाली नदिमा पक्की तटबन्ध निर्माणका लागि आवश्यक अध्ययन गरी कार्ययोजना निर्माण गरी फर्किने दार्चुलाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताउनुभयो ।
टोलीमा गृहमन्त्री अर्थमन्त्री, भौतिक तथा आवास लगायत सहभागी हुने जानकारी गृहमन्त्रालयबाट पाइएको प्रजिअ कटवालले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses