बबरमहलमा विस्फोट गराउने समूहका ५ पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुबाट बम बनाउन प्रयोग हुने सामग्री, चन्दा रसिद तथा विभिन्न प्रचा पम्प्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
२०६७ साल फाल्गुनमा बबरमहलस्थित नेपाल आयल निमम अगाडि भएको बम विष्फोटमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । बमकाण्डको केही समयपछि सो समूहका नाइके विश्वक्रान्ती भनिने देवराज लामा पक्राउ परेका थिए ।
ललितपुरको नख्खु कारागारमा रहेका लामाकै निर्देशनमा समूहका अन्य व्यक्तिहरु सञ्चालित रहेको पनि प्रहरीले बताएको छ ।
महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विजयलाल कायस्थले हिजो पक्राउ परेका ब्यक्तिहरुसँग जेलमा रहेका लामाले पठाएको गोप्य चिठ्ठी फेला परेको हामीलाई जानकारी दिए ।
उनीहरुले सर्वसाधरण, उद्योगी व्यावसायी र व्यापारीबाट लाखाँै रुपैयाँ चन्दा असुल्ने गरेको र चन्दा दिन नमान्नेहरुलाई लक्षित गरी विष्फोटका घटना गराउने षड्यन्त्र गरिहेको पाइएको पनि प्रहरीले बताएको छ ।
0 comments
Write Down Your Responses