मदिरा व्यवसायीको विरोध

विराटनगर, १८ साउन । सरकारले अन्तःशुल्कमा उच्च वृद्धि गरेको विरोधमा मदिरा व्यवसायी सङ्घ मोरङले आज विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयमा धर्ना र विरोध प्रदर्शन गरेको छ ।
थोक मदिरा व्यवसायीसँग वार्षिक रु १५ हजार लिने गरेको तर यस वर्षदेखि शुल्क वृद्धि गरी रु ३० हजार अन्तःशुल्क लगाइएकामा विरोध गरिएको सङ्घका सचिव विनोद केसीले बताउनुभयो । उनीहरुले आज आन्तरिक राजस्व कार्यालयको मुख्यद्वारमा बिहान ११ देखि अपराह्न १ बजेसम्म प्रदर्शन एवम् घेराउ गरेका हुन् । साथै सङ्घका १०० भन्दा बढी व्यवसायीले आज मोटरसाइकलमा हर्न बजाई नगर परिक्रमा गरेर पनि विरोध गरे ।
जिल्लामा १२५ थोक मदिरा व्यवसायी छन् । मदिराको डिलरसिप र होलसेल व्यवसायमा करिब ३०० जनाले रोजगारी पाइरहेको बताइएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.