चितवनमा मुटु रोगको उपचार शुरु

चितवन । चितवन मेडिकल कलेज(सिएमसी)ले मुटु सम्बन्धि सम्पूर्ण उपचारको सुरुवात गरेको छ 
अत्याधुनिक प्रविधिको क्याथ–ल्याब जडान गरी बिहीबारबाट अस्पतालले नयाँ सेवाको शुरु गरेको हो । राजधानीका केही अस्पतालहरुले मात्र उपब्लध गराउँदै आएको सेवा चितवनमा शुरु भएपछि मुटु सम्बन्धि रोगको उपचारमा काठमाडौं धाउन नपर्ने भएको छ ।
डा. भगवान कोइरालालले उपत्यका बाहिरको अस्पताललले मुटु रोग सम्बन्धि गुणस्तरीय सेवाको विकास गरेकोमा आफूलाई खुशी लागेको बताए । ‘मुटु रोगको उपचारमा काठमाडौं नै धाउनुपर्ने बाध्यताबाट बिरामीलाई मुक्ति मिलेको छ,’ उनले भने ।
प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले स्थापनाको छैटौं वर्षमै धेरै दु:ख गरेर आफूहरुले नयाँ प्रविधियुक्त सेवा दिन सफल भएको बताए । उनले भने, ‘चितवनमा बिरामीको सेवाका लागि केही गर्नै पर्छ भन्ने उदेश्यले हामीले यो सेवा शुरु गरेका हौं ।’
अस्पतालका बरिष्ठ चिकित्सक श्यामराज रेग्मीले नयाँ सेवा शुरु गरेको उपलक्ष्यमा इजीसी, इकोलगायतका सेवाहरु एक साताका लागि नि:शुल्क उपलब्ध गराइने जानकारी दिए ।
क्याथ–ल्याब प्रविधिबाट मुटको एन्जियोग्राफी, एन्जियाप्लाष्टी, मुटुका साँघुरो भल्भ खोल्न, मद्दत गर्नुका साथै मुट बाहिरका रक्तनलीहरुमा रगत ‘ब्लक’ भएको छ छैन भनि जाँच र उपचार गर्न समेत सकिन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.