उपचार खर्च नहुँदा २ शिशु जिवनमरणमा

उपचार खर्चको अभावमा स्याङजाका २ शिशु जिवनमरणसँग जुध्न बाध्य भएका छन् भने १ जनाले ज्यान गुमाएका छन्। 
स्याङजा वालिङ रविपालका बाबुराम विकका २ शिशु जिवन मरणको दोसाधमा छन्। विककी श्रीमती सुनिता
विकले बुधबार पोखराको मणिपाल अस्पतालमा तीन शिशुलाई जन्म दिएकी थिइन्।
 सात महिनामा जन्मीएका तीनै जना छोरा कम तौल छन्। महिना नपुग्दै जन्मीएका र कम तौल भएका कारण भ्यान्टीलेटरमा राखेर उपचार गर्नु पर्नेमा खर्च अभावका कारण उनिहरूको उपचार हुन सकेको छैन। उपचार कै अभावका कारण एक जनाको विहिबार विहान ज्यान गएको छ। अन्य दुईलाई पनि भ्यान्टीलेटरमा राखि उपचार गर्नु पर्नेका सुत्केरी वार्डमा आमा सँगै छन्। 
 सामान्य मजदुरी गरेर जिवन यापन गर्ने परिवारलाई अहिले ती सन्तान बचाउन कठिन भएको छ। उनीहरूलाई भ्यान्टिरलेटरमा राखेर उपचार गर्नका लागी दैनिक ६ हजार खर्च हुन्छ। शिशुका बाबु बाबुराम विकले आफूहरुसँग उपचार खर्चका लागि ६ हजारको ठाउँमा ६ रुपैया पनि नभएको बताए। 
 बच्चाको शारीरिक विकास भै नसकेकाले उनिहरूलाई भ्यान्टीलेटरमा राखेर उपाचार गर्नु पर्ने डाक्टर दिपक कोइरालाले बताए। उनले ५ सय ग्रामभन्दा बढि तौल भएको बच्चालाई उपचार गरेर बचाउन सकिने बताए। 
 बच्चाको अवस्था हेरे १५ दिनदेखि तीन महिनासम्म कम तौल र समय नपुगी जन्मीएका बच्चालाई भ्यान्टीलेटरमा राखी उपचार गर्नु पर्ने डाक्टर कोइरालाले बताए। दुई शिशुको १ केजी २ सय ग्राम र एउटा शिशुको १ केजी ५० ग्राम तौल रहेको छ। आमाको स्वाथ्य भने राम्रो रहेको छ। विकका यस अघि नै दुई छारी र १ छोरा भै सकेका छन्।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.