दाङका एकै दिन ६ सवारी दुर्घटना दुईको मृत्यु, २१ घाइते

दाङमा शुक्रवार  एकै दिन ६ वटा सवारी दुर्घटनामा परेका छन। जसमा परेर २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन। घोराहीबाट लमहीतर्फ जादै गरेको ना १ च २०२७ नम्बरको जिपले चैलाही ३ कुल मोडमा ठक्कर दिदा घोराही ६ मसिना निवासी २२ बर्षीय वसन्त विकको मृत्यु भएको हो।
 ठक्करबाट गम्भीर घाइते बिकको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भीक उपचार गरी थप उपचारका लागि बुटवल लगिदै गर्दा मृत्यु भएको हो प्रहरीले जनाएको छ।
 त्यस्तै पूर्वपश्चिम राजमार्गको सिसहनिया ५ मा विग्रिएर रोकीराखेको लु १ त ९४४९ नम्बरको ट्याक्टरमा रा १ प ४१३७ नम्बरको मोटरसाइकल ठोकीँदा मोटरसाईकल चालक सिसहनिया ५ का ३२ बर्षिय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 मोटरसाईकलको पछाडि बसेका सोही ठाउँ निबासी २५ बर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएको छन। यसैबीच घोराही तुलसीपुर सडक खण्डको नारायणपुर ६ मा तीन वटा बस एक आपसमा ठोकीदा २० जना घाइते भएका छन्। तुलसीपुरबाट घोराही तर्फ आउदै गरेका ना ५ ख २ नम्बरको बस, रा १ ज ३९९ नम्बरको किया र बा २ ख १९८८ नम्बरको फोर्स गाडि एक अर्कालाई उछिन्ने क्रममा ठोकीइ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
 घाइते मध्ये घोराही ११ निबासी ४७ बर्षिया नन्दा खड्कालाई घोराहीको राप्ती उपक्षेत्रिय अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि रिफर गरिएको छ। अन्य १९ जनाको उपक्षेत्रीय अस्पताल उपचार भएको प्रहरीले जानकारी दिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.