संविधानसभा चुनावमा ३३ प्रतिशत महिला सुनिश्चितताका लागि अभियान सुरु

ललितपुर, भाद्र १४ । आगामी संविधानसभा निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न महिला अधिकारकर्मी संघ–संस्थाले अभियान सुरु गरेका छन् । सञ्चारिका समूह, दिदीबहिनी, साथी र मिडिया एड्भोकेसी ग्रुप लगायतका संघसंस्थाले आज ललितपुरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी अभियान घोषणा गरेका हुन् । 
संविधानसभामा महिलाको ३३ प्रतिशत सुनिश्चिताका लागि दल, नेपाल सरकार र निर्वाचन आयोगसँग आग्रह गरिने उनीहरुले बताएका हुन् । 
दलहरुले संविधानसभा सदस्यका लागि जिल्ला–जिल्लाबाट सम्भावित उम्मेदवारको नाम संकलन गर्ने क्रममा महिलाको नाम पठाउनुलाई सकारात्मक भन्दै उनीहरुले यसरी पठाइएका नामबाट ३३ प्रतिशत प्रतिनिधित्वको विषयलाई ख्याल गर्न पनि उनीहरुले माग गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.