बाँकेमा यार्सागुम्बा र नगद लुटपाट

लुटपाटमा संलग्नहरुको पहिचान
नेपालगञ्ज, १४ भदौ । नेपालगञ्ज बजारमा एकलाख नगद र डेढ किलो यार्सागुम्बा लुटपाट भएको छ ।
बिहीबार राति नेपालगञ्ज नगरपालिका–५, न्यूरोडस्थित कान्तिपुर होटलबाट दार्चुला निवासी मन्दिर
महरासहित ४ जनाको नगद १ लाख रुपियाँ र डेढ किलो यार्सागुम्बा लुटपाट भएको प्रहरीले जनाएको छ ।
होटेलमा बसिरहेका बेला दुई जनाको समूहमा आएका व्यक्तिले रकम र यार्सागुम्बा लुटपाट गरेका थिए ।
लुटपाटमा संलग्न कञ्चनपुर जिल्ला महेन्द्रनगर का ३५ बर्षीय प्रकाश चन्द र उनका साथीले लुटेको पीडितहरुको भनाई छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.