एमाओवादीले १ सय २४ सिट जित्ने दाबी

१५ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका निर्वाचन क्षेत्रमा पुगेर फर्केका नेताहरुले दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले सुविधाजनक बहुमत ल्याउने रिपोटिङ गरेका छन् । केन्द्रीय समितिमा पेस भएको रिपोर्टिङमा प्रत्यक्षतर्फ एक सय २४ सिटसहित बहुमत ल्याउने देखाइएको छ ।
केन्द्रीय समितिको ११ भदौदेखि सुरु भएको बैठकमा दुईसय ४० वटै निर्वाचन क्षेत्रको रिपोर्ट पेस भएकोमा आधा सिट माओवादीको पक्षमा आउने दाबी गरिएको हो । एक महिने चुनावी अभियानपछि बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत रिपोर्टिङमा केही क्षेत्रमा जित्ने भने पार्टीमा आन्तरिक समीकरण मिलाउनुपर्ने उल्लेख छ ।
चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा निर्वाचनमा राज्यस्तरबाट आउनसक्ने नतिजाको रिपोटिङ प्राप्त भएको नयाँ पत्रिकामा खबर छ 

0 comments

Write Down Your Responses

Powered by Blogger.