श्रीमतीलाई मोटी बनाउने संस्कार

उक्त समुदायमा महिलाको मोटोपनलाई सम्पन्नता तथा समृद्धिको प्रतीक मानिन्छ भने दुब्ली श्रीमतीलाई गरिबी तथा लाचारीको प्रतीकका रूपमा लिइन्छ। त्यहाँका पुरुषहरूले आफ्नी श्रीमतीको मोटोपनलाई आफ्नो इज्जतसँग जोड्छन् र मोटी श्रीमती भएका श्रीमान्हरूको इज्जत बढी हुन्छ। त्यसकारण उनीहरू श्रीमतीको वजन बढाउने प्रयासमा लाग्छन्। श्रीमतीलाई मोटो बनाउने निहुँमा यस्ता चिजसमेत ख्वाइन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छन्। महिलाहरूलाई खाजामा उँटको दूध, ब्रेड तथा बोसोयुक्त खानेकुरा खान दिइन्छ भने बाख्राको मासु तथा बढी बोसो भएको मासु ख्वाइन्छ। महिलालाई मोटी बनाउने यो परम्परालाई गावेज भनिन्छ। यो एक फ्रेन्च शब्द हो, जसको अर्थ खाने कुरामा जबरजस्ती गर्नु हुन्छ।
0 comments
Write Down Your Responses