अभियुक्त छुटाउन जिल्ला प्रशासन घेराउ

द्वन्द्वकालीन मुद्दा उठाईए चुनाव विथोलिने
काठमाडौं, २५ भदौ । हत्याका आरोपी छुटाउन दवाव दिन एमाओवादीले जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौंको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज (मंगलबार) बसेको केन्द्रीय कार्यालयको बैठकले भदौ–२८ गते मुलुक भरिका सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने निर्णय गरेको हो 
हत्या आरोपमा काठमाडौंमा पक्राउ गरेर चितवन पुर्‍याईएका रामप्रसाद अधिकारीलाई छटाउन एमाओवादीले दवाव दिँदै आएको छ । जिल्ला अदालतले रामप्रसादलाई अनुसन्धानका लागि प्रहरीलाई दश दिनको समय पनि दिई सकेको छ ।
नेता पोष्टबहादुर बोगटीका अनुसार भदौ–२८ गते मुलुक भरिका ७५ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय भएको छ । घेराउ विहान एघार देखि एक बजेसम्म हुने छ ।
उनले द्वन्द्वकालीन घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने जनाए । ‘द्वन्द्वकालीन मुद्दा ब्युँताएर मंसिर–४ को संविधानसभा निर्वाचन प्रभावित हुन्छ,’ बोगटीले चेतावनी दिए ।
जिल्ला प्रशासन घेराउको कार्यक्रम सम्पन्न भए पछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा भदौ–२१ गते प्रहरीले रामप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.