बलिउडका नायिका करिना कपुर गर्भवती बनिन्

जबदेखि करीनाले सेफ अलि खानसँग बिबाह गरिन, त्यसबेला देखिनै उनका फ्यानका बीचमा करीना आमा बन्ने कुराको चर्चा शुरू भएको थियो । यद्दपी, यस समाचारमा कति सच्चाइ छ, त्यो त करिनानै जानुन । तर ‘गोरी तेरे प्यार मे’ को सेट्समा उनको नयाँ अवतार ले उनी आमा बन्न लागेको हल्लालाइ फेरी एक पटक हावा दिएको छ ।
सेट्समा करीना को पेट एक गर्भवती महिला को जस्तै बाहिर निस्किएको देखिएको थियो । हुन त यो फिल्मको एक दृश्यका लागी दिल्लीको ट्राफिकको सेट बनाइएको थियो । जहाँ करीनालाइ इमरान खानका साथमा छायाँकन गरिनु थियो । जुन सिनमा करीना गर्भवती महिलाका रूपमा दुइ जना ट्राफिक जवानहरूको मद्दतका लागी बोलाउँदछिन ।
यस फिल्ममा करीना कपूर गर्भवती महिलाको भूमिका गरिरहेकी छन ।
0 comments
Write Down Your Responses