साफ च्याम्पियनसिप मिडफिल्डर रोहितले माफी मागे
समीफाइनलमा पाएका दुई पेनाल्टी मिस गरेका नेपालका भरपर्दा मिडफिल्डर रोहीत चन्दले आफ्नो फेसबुक मार्फत नेपाली समर्थकसमक्ष माफी मागेका छन् ।
आइतबार अफगानिस्तानविरुद्धको खेलमा नेपाल एक-शून्यले पछि परेको अवस्थामा खेलको ८७ औ मिनेटमा पाएको पहिलो पेनाल्टी र लगत्तै पाएको अर्को पेनाल्टी पनि मिस गरेका थिए । आफूबाट एकदमै ठूलो गर्ली भएको स्वीकार्दै चन्दले समर्थक समक्ष माफी मागेका हुन् ।
उनले दुईपल्टै दायाँ साइडमा हानेको बल जर्मन क्लबबाट खेल्ने अफगान गोलकिपर मन्सुर फगिरयारले रोकिदिएका थिए । पहिलो प्रहारमा मन्सुरले बल बाहिर फाले । तर, रोहितले बल प्रहार गर्नुअघि नै अफगान खेलाडी पेनाल्टी क्षेत्रमा प्रवेश गरेपछि सहायक रेप्र्कीले फेरि प्रहारको मौका दिएका थिए । रोहितको दोस्रो प्रहार मन्सुरले डाइभ गर्दै रोकेका थिए ।
'पेनाल्टीमा गोल हान्नेमा कन्पि्कडेन्ट थिएँ, तर पहिलो प्रहार रोकेपछि यत्रा (१८ हजार) दर्शकअघि दबाबमा परेँ । दोस्रोपल्ट हानेको बल पनि किपरले रोके,' खेल सकिएपछि रोहितले भनेका थिए, 'मैले गर्दा टिम नै हार्यो, टिमका साथीहरू र दर्शकको सपना तुहियो, दुःख लागेको छ । दर्शक र टिमप्रति क्षमा चाहन्छु ।'
पेनाल्टी प्रहारमा नेपालका सबैभन्दा राम्रो प्रहार राजु तामाङको हुन्छ त्यसपछि रोहित । राजु मैदानबाट बाहिरिसकेकाले रोहितले सो अवसर पाएका थिए । तर, दुर्भाग्य उक्त प्रहार गोल हुन सकेन ।
0 comments
Write Down Your Responses