आज नेपाली मानव वेचविखनविरुद्धको दिवस मनाइदै

सवा दुई करोड मानिस वेचिने गरेको तथ्याङ्क 
 काठमाडौं, भाद्र २० । आज मानव बेचविखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पन िविभिन्न कार्यक्रम गरी मनाइदैछ । मानव बेचबिखन विरुद्धको सातौ राष्ट्रिय दिवसको अवसरमा आज विहानै विभिन्न संघसंस्थाले काठमाडौंको भृकुटीमण्डपबाट चेतनामूलक ¥याली निकालेका छन् । हाम्रो गन्तव्य,
मानवबेचविखनको अन्त्य भन्ने सन्देशसहित दिउँसो पनि मानव बेचविखनविरुद्ध काम गर्दै आएका संघ सस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
नेपालबाट खासगरी यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, कम ज्यालामा काम लगाउन, होटल–डान्स रेष्टुरेन्टमा काम गराउन तथा लागूपदार्थ ओसारपसार र मानवअंग बेचबिखनजस्ता कामका लागि मानव बेचबिखन हुने गरेको छ । वर्षेनी कति मानिस नेपालबाट बेचबिखनमा पर्छन् भन्ने यकिन तथ्यांक नभएपनि विश्वमा सवा दुई करोडभन्दा बढी मानिस बेचबिखनमा पर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 
नेपालमा मानव बेचबिखनमा पनि विशेष गरी महिला तथा बालबालिकाको बेचबिखन र ओसारपोसार नियन्त्रणका लागि सरकारी र गैर सरकारी संघ संस्थाहरुबीच उचित समन्वय हुन नसकेको सरोकारवालाहरुले बताउँदै आएका छन् । सार्कको ११ औ सम्मेलनवाट पारित वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन बिरुद्धको सार्क महासन्धी २००२ लाई २०६३ साल भदौ २० गते पुनःस्थापित संसदले अनुमोदन गरेपनि यो क्षेत्रमा नेपालबाट मानव बेचविखनमा खासै कमी आएको छैन ।
विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषदले गरेको निर्णयअनुसार नेपालमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो । नेपालबाट प्रतिवर्ष १२ हजारभन्दा बढी यौन तथा श्रम शोषणका लागि मानव बेचबिखन हुने गरेको यस क्षेत्रमा कार्यरत संस्था माइती नेपालले जनाएको छ । मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद, दुई लाख जरिवाना र वेश्यावृत्तिमा लगाउनेलाई १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँ सम्म जरिवाना गरिने ऐनमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.