खेलकुद
»
नेपाल र भारत भिडने तयारी गर्दै, रङ्गशालामा आजको सबै टिकट विक्री
नेपाल र भारत भिडने तयारी गर्दै, रङ्गशालामा आजको सबै टिकट विक्री

काठमाडौं, भाद्र २० । काठमाडौंमा जारी आठौं साफ च्याम्पियनशीप फुटबल प्रतियोगिताको समूह ए बाट अन्तिम चारमा पुग्ने टिमको छिनोफानो आज हुँदैछ । दिउँसो साढे ३ बजे दशरथ रंगशालामा नेपालले भारतको सामना गर्दैछ । खेल सुरु हुनुभन्दा ३ भण्टा अगाडी नैं सबै टिकट सकिएको छ । एन्फाले दिएको जानकारी अनुसार आजको लागि जारी गरीएको सम्पुर्ण टिकटहरु साँढे १२ वजे नैं बिक्री भईसकेको छ ।
दशरथ रंगशाला पुगेका हजारौं समर्थकहरु टिकट नपाएर निराश बनेका छन् ।
आजको अर्को खेलमा हलचोक मैदानमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । समान एक जित र एक बराबरी खेल्दै नेपाल र भारत ४÷४ अंकमा छन् भने बंगलादेश र पाकिस्तानको १÷१ अंक छ ।
आजको खेल कम्तिमा बराबरी भएको खण्डमा नेपाल र भारत दुबै टोली सेमीफाईनलमा प्रवेश गर्नेछ । यता, माल्दिभ्स र अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
0 comments
Write Down Your Responses