आज बुबाको मुख हेर्ने दिन, देशभर मनाइदैं

काठमाडौं, भाद्र २० । देशभरका हिन्दू धर्माबलम्बीहरुले आज कुशे औसीका दिन बाबुको मुख हेर्ने पर्व मनाइरहेका छन् । विभिन्न मिठाई फलफूल भोजन गराई छोरछोरीले यस पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष
भाद्रकृष्ण औशीका दिन छोराछोरीले आ–आप्mना बुबालाई मिष्ठान्न भोजन गराउनुको साथै उपहारहरु प्रदान गरी बुबाबाट आशिर्वाद ग्रहण गर्ने परम्परा छ ।
बुबा दिवंगत भइसकेका छोराछोरीहरुले भने आफ्ना पुरोहित वा कुनै ब्रह्मण वा बज्राचार्यलार्य दिवंगत बुबाको नाममा सिदा दिन गर्दछन् । काठमाडौंको जनबहाःस्थित सेतो मत्स्येन्द्रनाथ तथा अरु देवीदेवको मन्दिर वरपर सिदा दान दिने र लिने ब्राह्मण र बज्राचार्य हुन्छन् ।
मानिसले जन्म लिएपछि पितृ ऋण, ऋषिऋण र देवऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ । पूर्वोत्तर बाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई आ–आफ्ना दिवंगत बुबाको नाममा पितृ तर्पण गर्न विहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । 
ब्राह्मण पुरोहितहरुले यस दिन नयाँ कुशलाई मन्त्रद्वारा शोधन गरी आ–आफ्ना यजमानको घरमा पु-याई सिदा ग्रहण गर्ने भएकाले हिन्दूहरुले यस पर्वलाई कुशे औंशी पनि भन्ने गर्दछन् । वर्षभरि हुने सबै प्रकारका शास्त्रीय कर्म गर्दा त्यस कुशलाई पवित्र मानी प्रयोग गर्ने गरिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.