प्रधानाध्यापकको कुटाइबाट शिक्षिकाको गर्भपतन

जिल्ला शिक्षा कार्यालयले पाँच महिनाअघि राहत कोटाबाट थप दरबन्दीमा शिक्षिका पाण्डेलाई सो विद्यालयमा पठाएको थियो । विद्यालयको कोठामा पस्न नदिएपछि बाहिर बसिरहेको बेला गालीगलौज गरी प्रधानाध्यापक यादवले लात्तीले हान्दा लडेर गर्भ तुहिइएको पीडितको आरोप छ ।
तौलिहवा अस्पतालका चिकित्सक सोवित सुनुवारले शिक्षिका पाण्डेको गर्भ तुहिएकाले पाठेघर सफा गरी थप उपचार भइरहेको बताउनुभयो । जिल्ला शिक्षा कार्यालयले पटकपटक तलब खुवाउन निर्देशन दिए पनि प्रधानाध्यापक यादवले शिक्षिका पाण्डेलाई हालसम्म हाजिरसमेत गर्न दिएका छैनन् ।
घटनापछि फरार भएका यादव र उनकी छोरी अमिताको खोजीकार्य जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses