आचारसंहिताले पूर्वराजाको एम्बुलेन्स उपहार रोकियो

निर्वाचन आचरासंहिताका कारण पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानी नजिकै रहेको एक गाविसलाई उपहारस्रूप प्रदान गर्न लागेको एम्बुलेन्स दिने कार्य रोकीएको छ। संविधानसभाको दोस्रो निर्वाचन नजिकिँदै जाँदा सक्रिय हुन खोजेका पूर्वराजाले आचारसंहिताको कारणले एम्बुलेन्स हस्तान्तरण गर्ने काम रोकीएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै आजको नेपालसमाचारपत्रमा खबर छ।
 उनले फुटुङ गाविसलाई एउटा एम्बुलेनस दिन  लागेका थिए। 'यहि भदौ ६ गते नै विशेष कार्यक्रम गरेर स्थानीयवासीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम तय भएको थियो। आचार संहिताको कार अचानक स्थगित गरियो,' स्रोतले भन्यो।
 पूर्वराजाले सिप्रदी ट्रेडिङसँग खरिद गरेर नयाँ एम्बुलेस सहयोग गर्न लागेका हुन्। निर्वाचन आचारसंहिता लागू भचएपछि व्यक्ति वा दल कसैले पनि कुनै सामाग्री दिन पूर्ण प्रतिबन्ध लगाइएको छ।आचारसंहिता हटेपछि पूर्वराजाले आफ्नै हातबाट साही गाविसलाई उक्त एम्बुलेन्स वितरण गर्ने निर्मल निवास स्रोतले जनाएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.