मुसाले गर्नेछ अपराध अनुसन्धान

नेदरल्याण्डका वैज्ञानिकहरुले यस्ता तालिमप्राप्त मुसाको जमात तयार गरेका छन् जसले अपराध अनुसन्धानमा सहयोग पूराउन सक्छन् ।
यी मुसाहरुले गन्ध सुँघेर सम्बन्धित घटनाको विषयमा दशी फेला पार्न मद्दत गर्नेछन् जसका कारण अनुसन्धान अधिकारीहरु अपराधीको नजिक पुग्न सकून । यी पाँच थान जासूस मुसाको नाम म्याग्नम राखिएको छ । यी मुसाले एक प्रयोगशालामा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । गोलाबारी भएको स्थानमा यी मुसालाई छाडेपछि यी मुसाले यो कुरा पत्ता लगाउनेछन् की आखिर बन्दुक कसले पड्काएको थियो र अहिले को सँग बन्दुक छ ?
यी तालिम प्राप्त मुसाले निकै राम्रोसँग यस्ता बन्दुकधारीलाई फेला पार्न सफल भएको र मुसाको त्यो तागत तालीमप्राप्त कुकुरको भन्दा बढि रहेको मुसाका प्रशिक्षक मनिक ह्यामसलेग बताउँछन् । मुसालाई कुकुरलाई जति तालिम दिनु नपर्ने र १० दिनमै पोख्त बनाउन सकिने उनको भनाइ छ ।
0 comments
Write Down Your Responses