Politics,
राजनीति
»
निर्वाचन आयोग विरुद्ध राप्रपा नेपालले सर्वोच्च अदालतमा रिट
निर्वाचन आयोग विरुद्ध राप्रपा नेपालले सर्वोच्च अदालतमा रिट

काठमाडौं, भाद्र १८ । राप्रपा नेपालले मतपत्रमा पार्टीको स्थान तल पारिएको भन्दै आज निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । निर्वाचन आयोगमा ३ नम्बरमा दल दर्ता गरिएकामा आयोगले मतपत्रमा राप्रपा नेपालको चुनाव चिन्ह ९ नम्बरमा राखेपछि त्यस विरुद्ध राप्रपा नेपालले रिट
निवेदन दर्ता गरेको हो ।
राप्रपा नेपालले आयोगले पूर्वाग्रही रुपमा नियम विपरितको काम गरेको जिकिर गर्दै आयोगको निर्णय बदर गर्न रिट निवेदनमा माग गरेको छ ।
0 comments
Write Down Your Responses