बौद्ध धर्मावलम्बीले आज पञ्चदान पर्व मनाए

करिब दुई हजार ६०० वर्षअघि शाक्यमुनि गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो दरबारअगाडि उभिएर श्रद्धालुबाट पञ्चदान लिएको विश्वास गर्दै अनुयायीले सो पर्वलाई मनाउने गरेका छन् ।
सो दानअन्तर्गत श्रद्धालु उपासक–उपासिकाले अन्न, फलफूल, पिउने पदार्थ, द्रव्य र नुन भिक्षु तथा गृहस्थलाई दान गरी पुण्य लाभ हुने विश्वास गरिन्छ । यसैबीच उदाय समाजले मखनमा विशेष कार्यक्रम गरी करिब तीन हजारलाई पञ्चदान गरेको छ । समाजका अध्यक्ष डा रुपज्योतिले सो पर्व बौद्ध अनुयायीको महत्वपूर्ण संस्कृति भएको उल्लेख गर्दै त्यसलाई संरक्षण गरी नयाँ पुस्तालाई सिकाउनुपर्ने बताउनुभयो ।
0 comments
Write Down Your Responses