अधिकारी दम्पतीलाई जबरजस्ती खाना खुवाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं १८ भदौ । न्यायको मागसहित ४३ दिनदेखि आमरण अनसन बसेर वीर अस्पतालको शैयामा मरणाशन्न भएका अधिकारी दम्पतीलाई जबरजस्ती भए पनि खाना खुवाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले अधिकारी दम्पतीलाई सकेसम्म सम्झाईबुझाई खाना खुवाउन, नमाने जबरजस्ती भए पनि खुवाउन र अहिलेसम्मको अनुसन्धान विवरण सार्वजनिक गर्न आदेश जारी गरेको हो।
अधिवक्ता रामराज शिवाकोटीले आईतबार सर्वोच्चमा अधिकारी दम्पतीको जीवन रक्षा माग गर्दै रिट दर्ता गरेको थिए।
मंगलबारै अधिकारी दम्पतीले छोराको हत्यारालाई पक्राउ गरेर न्याय पाउँ भन्दै प्रधानन्यायाधीशलाई अस्पतालको शैयाबाट पत्र लेखेका थिए। न्याय माग्दा सरकारले जेल, मानसिक अस्पताल हुँदै बालुवाटार प्रधानमन्त्रीको दैलोसम्म पुगेका दम्पतीले मंगलबार प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई याचना पत्र पठाउँदै न्यायको माग गरेका हुन्।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.