एचआइभी\एड्स रोकथाम को लागि नियन्त्रणमा थप सहयोग

नियोगले सन् १९९३ देखि नेपालमा एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रणका लागि सातवटा विभिन्न आयोजना सम्पन्न गरिसकेको छ । ती परियोजना कार्यान्वयनका क्रममा नियोगले आठ करोड अमेरिकी डलरभन्दा बढी लगानीसमेत गरिसकेको छ ।
नियोगद्वारा नेपालमा एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याएको २० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा नियोगका कार्यवाहक मिसन प्रमुख शीला लुइजेन्सले आगामी दिनमा स्वास्थ्य सेवामा थप आर्थिक एवम् प्राविधिक सहयोग दिने जानकारी दिनुभयो ।
नियोगद्वारा सञ्चालित विभिन्न आयोजनाबाट २० वर्षको अवधिमा ११ लाख ८० हजार व्यक्तिलाई एचआइभी÷एड्सबारे शिक्षा तथा रोकथामका सेवा, यौनजन्य रोगबाट सङ्क्रमित ९२ हजार व्यक्तिलाई रोग पहिचान गरी उपचार सेवा, एचआइभी परीक्षण तथा परामर्श सेवा एक लाख ३५ हजार व्यक्तिलाई प्रदान, आठ करोड २० लाखभन्दा बढी कण्डम वितरण र करिब १९ हजार एचआइभी सङ्क्रमित व्यक्तिलाई उपचार, हेरचाह तथा सहयोग सेवा प्रदान गरिएको छ ।
साथै यस अवधिमा एचआइभी सम्बन्धित लाञ्छना तथा भेदभावलाई न्यूनीकरण गर्न ८० हजारभन्दा बढी व्यक्तिलाई तालिका प्रदान गरिएको छ । अमेरिकी सरकारको विश्व स्वास्थ्य पहलले छानेको २० वटा देशमा नेपाल पनि रहेको छ । सन् १९८८ मा पहिलोपटक नेपालमा देखापरेको एचआइभी÷एड्स रोगलाई रोकथाम गर्न नियोगले निरन्तर रुपमा आर्थिक एवम् प्राविधिक सहयोग दिँदै आइरहेको छ ।
नियोगले सञ्चालित ती कार्यक्रमबाट नेपालमा एचआइभी÷एड्स सङ्क्रमण तथा यसबाट हुने मृत्युदरमा समेत उल्लेख्य रुपमा घटेको जनाएको छ । नेपालमा हाल एचआइभीबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५० हजार २०० रहेका छन् ।
कार्यक्रममा नियोगका कार्यवाहक मिसन प्रमुख लुइजेन्सले भन्नुभयो–“समुदायमा आधारित एचआइभी कार्यक्रमले समुदायमा उल्लेख्य प्रगति देखिएको छ ।” नियोगद्वारा हाल सञ्चालनमा रहेको साथै कार्यक्रमका प्रमुख शतिशराज पाण्डेले एचआइभी÷एड्स सङ्क्रमितलाई सेवा पु¥याउन तथा जनचेतना जगाउन थप आवश्यक परेको बताउनुभयो । हाल सो कार्यक्रम ३३ जिल्लामा सञ्चालित रहेको छ ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा नरेशप्रताप केसीले एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रणका लागि केन्द्रले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । रा
0 comments
Write Down Your Responses