धान रोपाइँ कुल ९७ प्रतिशत

मन्त्रालयका अनुसार मुस्ताङ र मनाङबाहेकका ७३ वटा जिल्लामा रोपाइँ हुने गर्दछ । गत वर्ष ९१ प्रतिशत मात्र
रोपाइँ भएकामा यसवर्ष छ प्रतिशतले वृद्धि भएको हो ।
नेपालमा कुल खेतीयोग्य जमिन १५ लाख २६ हजार हेक्टरमा धानको रोपाइँ हुन्छ भने मुलुकको तराई भेगमा ७०, पहाडमा २६ र हिमाली भेगमा चार प्रतिशत जमिनमा रोपाइँ हुने गर्दछ ।
नेपालमा सामान्यतया पहाडी भेगमा जेठको अन्तिम सातादेखि रोपाइँ सुरु हुने तराई भेगमा असारको दोस्रो सातादेखि रोपाइँ गर्ने गरिन्छ र भदौको तेस्रो सातासम्म रोपाइँको कार्य सम्पन्न हुन्छ ।मन्त्रालयका प्रवक्ता डा प्रभाकर पाठकका अनुसार रोपाइँको समयमा महोत्तरी, सर्लाही, धनुषा, सिराह, सप्तरीमा आवश्यकता अनुसार पानी पर्न नसकेका कारण रोपाइँ ढिला भएको र लगाएको बाली पनि बिग्रने क्रममा रहेको छ ।
नेपालमा धान, मकै, गह कोदो, फापरलगायतका खेती हुने भए पनि प्रमुख खाद्य बालीका रुपमा धानलाई लिइन्छ । खाद्यवाली उत्पादनको हिसावले धानले ५२ प्रतिशत स्थान ओगटेको प्रवक्ता डा पाठकले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses