तीन भारतीय महिलासहित नौ जना पक्राउ

परासी, २४ भदौ । नवलपरासीका विभिन्न स्थानमा भएको चोरीका घटनामा संलग्न तीन भारतीय
महिलासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाको विभिन्न स्थाबाट प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतीय महिला क्रमशः जानकी केवट, सुनिता केवट, भानमति केवट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
परासीस्थित हाटबजारमा बजार गर्न आएका तथा मेला हेर्न आएका मानिसहरुको मोवाइल, हाते पर्स चोरी गर्दा उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
यसैगरी मनरीमा राईस मिल र बोडिर्ङ स्कुलबाट विभिन्न सामान चोर्नेहरु मनरी–२ का खिरी नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी सुनिल हरिजनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सोमनीको रवीन्द्र यादवको पसलमा चोरी गर्ने विजय चौधरी, राजेश चौधरी, सञ्जय चौधरी, बेचन चौधरीसमेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.