इराकमा कार बम बिस्फोट, ६७ मारिए

बग्दादको उत्तरी जिल्लामा रहेको हुसेनिया शहरको ब्यस्त बजारमा भएको कार बम बिस्फोटमा ९ जना र तालबिया शहरमा भएको बिस्फोटमा १९ जना मारिएका छन् । बाँकी अन्य शहरमा भएको बिस्फोटमा मारिएका जनाइएको छ ।
सन् २००८ देखिको आँकडा अनसार इराकमा भएको बम बिस्फोटमा हालसम्म ८ सय भन्दा बढी मारिइसकेका छन् ।
यता, इराकमा सिया र सुन्नी समुदायबीचको द्धन्द्धका कारण हुने गरेको यस्ता हिंसात्मक गतिविधि नियन्त्रणमा इराक सरकारले उदासीनता देखाएको भन्दै त्यहाँका जनताले सरकारको कडा आलोचना गरेका छन् ।
स्वतन्त्रपूर्वक हिंड्न पाउनुपर्ने आफूहरुको नैसर्गिक अधिकार हनन हुँदासम्म सरकारले सुरक्षा दिन नसकेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका बताइएको छ ।
0 comments
Write Down Your Responses