क्रिकेटर भेषावकरलाई नागरिकता दिन पहल

राष्ट्रिय क्रिकृट टिमका प्रमुख व्याट्सम्यान भेषावकरले हालसम्म नेपाली नागरिकता पाउन सकेका छैनन् । भारतीय बाबु र नेपाली आमाका सन्ता भेषावकरले नाबालक रहँदा बनाएको प्रवेशाज्ञाकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहाभागिता जनाउँदै आएका छन् । विगत १८ वर्षदेखि नेपालमा स्थायी बसोबास गर्दै आएका भेषावकरको प्रवेशात्राको निर्धारित समयपनि आगामी वर्ष सकिँदैछ । नेपालले यसै वर्ष खेल्ने ट्वान्टी ट्वान्दी र एक दिवसीय विश्वपक छनोट चरणको तयारीमा रहेका भेषावकर टिमका मुख्य खेलाडी हुन् । यसै वर्ष बर्मुडामा सम्पन्न आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ जितेर नेपाललाई एक दिवसिय विश्वकप छनोट चरणमा पहिलो पटक पुर्याउन भेषावकरको विशेष योगदान थियो ।
फाइनलमा उनले युगान्डाविरुद्ध अविजित अर्धशतकीय पालि खेलेपछि नेपाल पाँच विकेटले विजयी भएको थियो । क्यानले राष्ट्रिय क्रिकेटरको मेसिन रिडेवल पासपोर्ट एमआरपी बनाउने तयारी गरिरहेका बेला भेषावकरको नागरिकता नभएकाले ठूलो समस्या पर्ने देखिएको छ । उनको प्रवेशाज्ञा नवीकरण गर्न पनि समस्या छ । बुधवार अन्नपूर्ण पोष्ट दैनिकले समचार छापेको छ ।
0 comments
Write Down Your Responses