एक अर्ब ठग्ने ठघारलाई सीआईबीको संरक्षणमा

काठमाडौं। नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आर्थिक अपराधीहरूमाथि दोहोरो व्यवहार गर्दै आएको आशंका गर्न थालिएको छ। एकथरी आर्थिक अपराधीहरूलाई नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उन्मुक्ति दिने तथा संरक्षण गर्ने काम गरिरहेको आरोप लागेको छ।
नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले एकथरी आर्थिक अपराधीहरूलाई उन्मुक्ति दिने काम नियोजित रुपमा गरिराखेको आरोप छ भने प्रहरी अनुसन्धान व्यूरोले पनि यस्ता आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याएर कारवाही गर्नेतिर खास चासो नदेखाएको आरोप छ।
नेपाल शेयर मार्केट फाइनान्सका कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई तीन सय चौहत्तर करोड रुपैयाँ उक्त फाइनान्समा रहेको जनताको निक्षेप हिनामिना गरेको भन्ने राष्ट्रबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागको ठहर अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआइबी) ले भारतको राजधानी नयाँदिल्लीको ताज होटलबाट पक्राउ गरेर कारवाहीका निम्ति नेपाल ल्याएको थियो। यसैगरी श्रीलंका मर्चेन्ट बैंकका सञ्चालक रुबी जोशीलाई पनि वित्तीय अपराध गरेबापत थुनामा राखेर कारवाही अगाडि बढाइराखिएको छ। त्यसैगरी गोरखा विकास बैंकका अध्यक्ष डीबी बम्जनलाई पनि प्रहरीले हिरासतमा राखेर आर्थिक अपराध गरेवापत अदालती प्रक्रिया अन्तर्गत जेलमा रहेका छन्। तर, पिपल्स फाइनान्सबाट एक अर्ब भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोप भोग्दै आएका छविलाल भुसाललाई भने नेपाल प्रहरीको केन्द्रीय प्रहरी अनुसन्धान व्यूरोले उन्मुक्ति दिने काम गर्दै आएको गुनासो छ।  पिपल्स फाइनान्सको कार्यकारी अध्यक्ष रहँदा सोझासिधा जनताको नागरिकताको प्रमाणपत्रको दुरुपयोग गरेर ८९ वटा व्यापारिक फर्म तथा हाउजिङ कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई पिपल्स फाइनान्सबाट ती फर्म तथा हाउजिङ कम्पनीको नाममा छविलाल भूसालले ३० करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोप पिपल्स फाइनान्सका शेयरधनीहरूको रहेको छ। पिपल्स फाइनान्सका कार्यकारी अध्यक्ष छविलाल भुसाल मुटुको उपचार गर्न भनी नयाँदिल्लीमा भूमिगत भएपछि यसका वित्तीय संस्था महाप्रबन्धक केशव भट्टराई निकै अप्ठेरोमा परेको थाहा भएको छ। नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागका अधिकारीहरू छविलाल भुसालको आर्थिक प्रभाव र प्रलोभनमा परेर सबैभन्दा बढी रकम हिनामिना गर्ने १५ वटा व्यापारिक फर्म तथा हाउजिङ कम्पनीको छानबिन नगरेर र  भुसालप्रति नियोजित रुपमा कम रकम हिनामिना गरेको देखाउने काम गरेको आरोप छ।
बर्माबाट नेपाल आएका र हाल भागेर भारतको राजधानी नयाँदिल्लीमा लुकेर बसेको प्रचार गरिएका छविलाल भुसालले अहिले पनि दिल्लीबाटै नेपालमा विभिन्न प्रकारका धन्दा गरिरहेको समाचार छ। उनको निर्देशनमा काठमाडौंमा उनका साला मनोज रिमाल, भतिजा खेमनाथ भुसाल र निज छविलाल भसाालकी श्रीमतीले कामधन्दा सञ्चालन गरिरहेको समाचार छ। दिल्लीबाट नै कारबाहीका निम्ति पक्राउ परेका आर्थिक अपराधी योगेन्द्रप्रसाद श्रेष्ठलाई काठमाडौं ल्याउने नेपाल प्रहरी लगायत नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले छविलाल भुसालका सम्बन्धमा भने अहिलेसम्म कुनै चासो राख्ने काम किन नगरेको भन्ने प्रश्न उठेको छ। हाल केही सक्रिय जस्तो देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यो प्रकरणमा अहिलेसम्म कुनै चासो दिने काम गरेको छैन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाल भुसालप्रतिको सहानुभूतिको रहस्य के होला भन्ने खुल्दुलीका साथै काठमाडौंको वित्तीय क्षेत्र तीनछक परेको समाचार छ।weeklynepal

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.