अस्थायी शिक्षकको धर्नामा प्रहरीको हस्तक्षेप

काठमाडौँ, २० भदौ । अस्थायी शिक्षक सङ्घर्ष समिति, २०७० ले आयोजना गरेको सिंहदरबार धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
हस्तक्षेपका कारण केही आन्दोलनकारी शिक्षक घाइते भएका छन् भने केहीको गिरफ्तारी भएको छ
समितिका अध्यक्ष रामचन्द्र अधिकारीले आफूहरुको जुलुस र धर्नाको कार्यक्रम सिंहदरबार अगाडिको भद्रकालीमा आइपुग्दा हस्तक्षेप भएको र यस क्रममा समितिका सचिव नारायण गौतमलगायत आधा दर्जन शिक्षक घाइते भएको बताउनुभयो ।
उहाँले महिला शिक्षकहरुलाई समेत लछारपछार गरी घाइते बनाइएकामा सरकारको आलोचना गर्नुभयो र धर्नाको कार्यक्रम भोलि पनि जारी रहने बताउनुभयो ।
आन्दोलनमै रहेका अर्का शिक्षक विष्णु पनेरुले सरकारले मागप्रति सुनुवाइ नगरी शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।
समितिले शिक्षक सेवा आयोगले मिति गत पुस २० मा विज्ञापन गर्दा २०६३ वैशाख १० सम्मका दरबन्दीहरु यथावत् राखी सो पछिका दरबन्दीहरुमा मात्र खुल्ला विज्ञापन गरेपछि आन्दोलन सुरु गरेको हो

,

0 comments

Write Down Your Responses

Powered by Blogger.