अमेरिकी डलर र हतियारसहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नलकटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली तीन थान, अमेरिकी डलर २९५ र डलर साइजको कागजको टुक्रा एक गड्डीसहित पक्राउ परेका केसी र शेर्पालाई सार्वजनिक गरिएको हो ।
पूर्व सूचनाको आधारमा प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डको लिपनिविर्ता–६ बाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तहरु अमेरिकी डलर सस्तोमा साटिदिने वहानामा ठगी गर्ने गिरोहका व्यक्तिहरु रहेको अनुसन्धानबाट थाहा भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।
उनीहरुलाई हातहतियार तथा खरखजना मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।
0 comments
Write Down Your Responses