मेरी छोरीको हत्या गर्ने मेरो सट्टा सभासद बने : एमाओवादी नेता वली

काठमाडौं, १६ पुस । एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले जनयूद्धमा आफ्नी छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाह आफ्नो स्थानमा समानुपातिक सभासद भएको भन्दै पार्टीलाई निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा वलीले पार्टीले यस्ता गल्ती तत्काल नसच्याए भावी परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।
‘मैंले जनमुक्ती सेनाको कमिसार भएरु काम गरे, तीन वर्ष जेल बसे, छोरी गुमाएँ,’ वलीले भन्नुभयो ‘तर अहिले मेरो ठाउँमा मेरै छोरीको हत्या गर्ने रविन्द्र प्रताप शाह सभासद भए ।’
यस्तै अवस्था रहे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्ने उहाँले बताउनुभयो । पार्टीभित्र त्यागी ईमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउन खोजिएको र अवसरबाट बञ्चित गर्न खोजिएको भान भएको भन्दै वलीले अरु पार्टीमा जस्तै एमाओवादीमा पनि प्रदुषणले भरिएको टिप्पणी गर्नुभयो ।
वलीले पार्टीहरुभित्र फैलिएको विकृति अन्य गर्न सबै पार्टीका यूवाहरुले संयूक्त रुपमा अन्तर्राष्ट्रिय प्रतिष्ठान बनाएर अघि बढ्नु पर्नेमा समेत जोड दिनुभयो ।
समानुपातिक निर्वाचन प्रणाली असफल भई नसकेपनि यसको परिणाममा केही विकृति देखिएकाले यसको औचित्यको विषयमा आफूले पनि पार्टीभित्र बहस सुरु गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो 

0 comments

Write Down Your Responses

Powered by Blogger.