बर्डफ्लु सङ्कटग्रस्त क्षेत्रको फुकुवा पाँच महिनापछि

गत साउन ११ गतेदेखि बर्डफ्लु फैलिएको भक्तपुरलाई गत साउन ३० गते कृषि तथा सहकारी मन्त्रालयले
बर्डˆलु सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसार एवम् बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।
मन्त्रालयले भक्तपुरमा बिहीबारदेखि पक्षी तथा पक्षीजन्य पदार्थको बिक्री एवम् ओसारपसार गर्न सक्ने गरी सङ्कटग्रस्त क्षेत्र फुकुवा गरेकाले आजैदेखि कुखुराको मासु एवम् अण्डा खुलारुपमा बिक्री सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले मन्त्रालयले भक्तपुरलाई बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र फुकुवा गरेको बताउँदै अब निर्धक्कसँग पक्षी एवम् पक्षीजन्य पदार्थको बिक्री वितरण एवम् ओसार पसार गर्न खुल्ला गरिएको बताउनुभयो ।
साउनमा भक्तपुरको सिपाडोलस्थित हिमाल पोल्टी फार्ममा पहिलो पटक बर्डफ्लु देखापरेको थियो भने साउन ३० गतेसम्म जिल्लामा ५२ वटा पोल्टी फार्ममा बल्र्डफ्लु भेटिएपछि भक्तपुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
0 comments
Write Down Your Responses