झापाको दुधेबजारमा आगलागी, जलेर तीन जनाको मृत्यु

ग्ाणेश बजगाइर्ंको दुईतले काठको घरमा डेरा लिई बसेकी ३६ वर्षकी मनिका भट्टराई र उनका छोरा १२ बर्षका नितेष र ७ वर्षका निसानको मृत्यु भएको हो । उनीहरुको शव जलेर क्षतविक्षत भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
बिजुली गएको बेला क्यान्डील बालेर सुत्दा आगो उठेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
राति १० बजे लागेको आगो स्थानीयबासी, मेचीनगरको दमकल र प्रहरीको सहयोगमा डेढ घण्टाको अथक प्रयासपछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट २५ लाख मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
मोरङको दर्बेशा घर भएका भट्टराईको परिवार केही वर्षदेखि त्यहाँ बस्दै आएको थियो । मृतकका श्रीमान् भने वैदेशिक रोजगारका लागि खाडी मुलुक कतारमा छन् ।
0 comments
Write Down Your Responses