सुर्तीजन्य पदार्थ खाएर दैनिक ४६ जना नेपालीको मृत्यु

सुर्तीजन्य पदार्थ सेवनको दर पनि बढेको संगठनको तथ्यांक छ । नेपालमा कुल जनसंख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाखले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको संगठनले जनाएको छ । संगठनको पछिल्लो प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नेमध्ये २३ दशमलब ८ प्रतिशतले धुम्रपान गर्छन । ३१ दशमलव ५ प्रतिशत पुरुष र १५ दशमलब ५ प्रतिशत महिला धुम्रपानको कुलतमै फसेको प्रतिवेदनमा उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही वर्षअघि गरेको जानसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले पनि ग्रामिण क्षेत्रका ३३ प्रतिशत र सहरी क्षेत्रका २० प्रतिशत महिला सुर्तीजन्य पदार्थको अम्मली रहेको देखाएको थियो । सर्वेक्षणका अनुसार पुरुष सरदर १९ वर्ष र महिला सरदर २३ वर्षबाट धुम्रपानको कुलतमा फस्ने गरेका छन् ।
0 comments
Write Down Your Responses