सन् २०१३ मा १ सय ८ पत्रकारको हत्या

उक्त हत्या विगतको वष्र्न सन् २०१२ को तुलनामा १० प्रतिशतले कमी आएको छ । तरपनि उक्त संस्थाले पत्रकारहरुको हत्याको शृंखला नराम्रो रुपमा आइरहेकोले यसको नियन्त्रणका लागि विश्वका देशका सरकारहरुले नै विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ ।
उक्त संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– यो हत्याको प्रकृति एकदमै अकल्पनीय रहेकोले उक्त अवस्थाको नियन्त्रण गरी पत्रकारहरुको जीवन रक्षाको लागि सबैको पहल जरुरी रहेको छ । यसरी मारिएका पत्रकारहरु एसिया तथा प्यासिफिक क्षेत्रका २९ प्रतिशत रहेका छन् । त्यस्तै मध्यपूर्वी क्षेत्रका अरब राष्ट्रहरुमा यो प्रतिशत २७ रहेको छ ।
उक्त विज्ञप्तिमा जनाइएअनुसार सन् २०१३ मा सबैभन्दा धेरै पत्रकार सिरियामा मारिएका छन् । सिरियामा यसवर्ष १५ जना पत्रकारको ज्यान गएको छ । त्यस्तै पत्रकारहरु धेरै मारिने दोस्रो देशका रुपमा इराक रहेको छ । इराकमा यसवर्ष १३ जना पत्रकार मारिएका छन् ।
यसवर्ष पाकिस्तान, फिलिपिन्स र भारतमा दश दशजना पत्रकार मारिएका छन् । त्यसैगरी सोमालियामा सात र इजिप्टमा छ जना पत्रकार मारिएका पनि सो समाचारमा जनाइएको छ ।
0 comments
Write Down Your Responses