अटेर गर्दै फर्किए बेलायतका नेपाली राजदूत

१९ पुस, काठमाडौं । सरकारले ‘कार्यकाल सकिन लागेकाले फर्किने तयारी गर्न’ बेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र चालिसेलाई पत्राचार गरेको छ । चालिसे भने नेपाल-बेलायत कूटनीति सम्बन्ध कायम भएको दुई सय बर्षगाँठ मनाउने तयारी गर्दैछन् । जबकि दुई सय वर्ष पुग्न अझै २ बर्ष बाँकी छ ।
नेपाल-बेलायत कूटनीतिक सम्बन्ध स्थापना भएको सन २०१६ मा दुईसय वर्ष पूरा हुन्छ, बेलायतस्थित नेपाली दूतावास भने आउँदो सोमबारै दुईसय वर्षगाँठ मनाउने तयारीमा छ ।
‘पुस २२ गते विविध कार्यक्रमका साथ दुई सय वर्षगाँठ मनाउँदैछौं । अब दुई वर्ष यस्ता कार्यक्रम निरन्तर चलिरहन्छन्,’ बेलायतकालागि नेपाली राजदूत चालिसेले टेलिफोनमा भने, ‘कूटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्ष भने दुई वर्षपछि मात्र पुग्दैछ ।’
कार्यकाल लम्व्याउने प्रयास
परराष्ट्र स्रोतका अनुसार राजदूत चालिसे हतारिएर दुई वर्षअघि नै कार्यक्रम राख्नुको उद्देश्य आफ्नो कार्यकाल लम्बाउन खोज्नु हो । उनी चार वर्षअघि नेपाली कांग्रेसको कोटामा बेलायतका लागि राजदूत नियुक्ति भएका थिए । उनको कार्यकाल माघ १४ गते सकिँदै छ । परराष्ट्रले ६ महिना अघि नै उनलाई फिर्ता हुन पत्र लेख्दै ‘सम्बन्धित व्यक्तिहरुसँग बिदाई भेट’ गर्न भनेको थियो । दसैंअघि नै र्फकन परराष्ट्रले आवश्यक खर्च पनि पठाएको नागरिक दैनिकमा खबर छ । चालिसेको कार्यअवधि सकिन अब एक महिना पनि बाँकी छैन् । तर, उनले बिदाई भेट कसैसँग पनि गरेका छैनन् । बिदाई भेटका लागि समय लिन हालसम्म कसैसँग पत्राचारसमेत गरिएको छैन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.