किर्ते गरेर द्वन्द्व पीडितको करोड बढी झ्वाम्
कष्ण ओझा
१९ पुस, पाँचथर । द्वन्द्वपीडितको नाममा नक्कली कागज बनाई एक करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा पाँचथरको आङसराङका एक व्यवसायीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
वुधवार साँझ आङसराङस्थित आफ्नै घरबाट पक्राउ पर्नेमा पाँचथर आङसराङस्थित क्ताङलुङ्ग टिस्टेटका कार्यकारी निर्देशक सन्तवीर आङदेम्वे रहेका छन् । उनको साथबाट प्रहरीले किर्ते चेकबुक, पासबुक र अन्य महन्वपूर्ण सामाग्रीसमेत बरामद गरेको प्रहरी निरीक्षक राकेश थापाले बताउनुभयो सशस्त्र द्वन्द्वको समयमा चिया बगान वन्द हुँदा कम्पनीका मजदूर र औजारसहित करीव ८ करोड २२ लाख वढिको क्षति भएको विवरण पेश गरेर शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट रकम लिएको भन्दै मनप्रसाद आङदेम्वेसहित १३ जना पीडितले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले टिस्टेटमा रहेका आफूहरुका नागरिकता र अन्य आवश्यक कागजात पेशेर जिल्ला प्रशासन कार्यालय र गाउँ विकास समितिका कर्मचारीमेतको मिलेमतोमा किर्ते कागजात खडा गरी शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट एक करोड २२ लाख रुपैया लिएको भन्दै पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए ।
स्थानिय शान्ति समिति पाँचथरले प्रकाशन गरेको स्मारिकामा प्रकाशित विवरणका आधारमा क्षतिपूर्तिवापतको रकम लिएको थाहा पाएपछि आङ्देम्बेविरुद्द प्रहरीमा उजुरी परेको थियो ।
सबै कागजपत्र मिलेर आएको भन्दै तीन वर्ष अगाडि स्थानीय शान्ति समिति अन्र्ततको कार्यदलले क्षतिपूर्ति प्रदान गर्न आवश्यक सिफारिससहित शान्ति तथा पुननिर्माण मन्त्रालयमा सिफारिस गरेपछि मन्त्रालयले आ.व. ०६८÷०६९ मा जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत रकम पठाएको थियो ।
एउटै व्यक्तिमार्फत यत्रो ठूलो सरकारी रकम दुरुपयोग हुनु रहस्यमय भएकाले प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले यस घटनामा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याएर अनुसन्धान गर्ने बताउनुभयो ।
गाविस र स्थानीय शान्ति समिति हुँदै जिल्ला प्रशासन कार्यालयको सिफारिसबाट मात्र राहतको फाइल मन्त्रालयमा जाने भएकाले यति ठूलो सरकारी रकमको दुरुपयोमा संलग्नहरुबारे चाँडै तथ्य बाहिर ल्याउने बताउनुभयो ।
स्थानीय शान्ति समितिका सचिव रविन तिम्सिनाले आङदेम्बेको द्वन्द्वपीडित सम्वन्धी फाइल प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको द्वन्द्वपीडित पहिचान समितिलाई गरिएपनि त्यसपछिको प्रकृयाबारे आफुलाई थाहा नभएको बताउनु भयो ।
पहरीले आङ्देम्बेलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । थापाले आङदेम्बेलाई किर्ते तथा ठगी गरेको प्रमाणका आधारमा मुद्दा चलाइने बताउनुभयो ।
0 comments
Write Down Your Responses