ग्राहक ठगिएपछि एसविआई बैंक विर्तामोडको एटिएममा ताला

ATMग्राहकले खाताबाट घटेको आफ्नो पैसा फिर्ता दिन र कर्मचारीबाट भएको अनियमितताको छानविन माग गर्दै एटिएममा ताला लगाएका हुन् । उनीहरुले एटिएमबाट भएको ठगी छानविन गरी ग्राहकको पैसा फिर्ता नगरेर बैंकको शाखा बन्द गर्न दवाब दिएका छन् ।
‘हामीले कार्ड प्रयोग गरेर पैसा झिक्न खोज्दा एटिएममै अड्कने गरेको छ , तर खातामा भने पैसा घट्ने भएकाले छानविन गर्न माग गर्दै ताला लगाएका हौं ।’ बैंकका ग्राहक उपभोक्ता तारामणि सापकोटाले भने ।
एटिएमबाट झिक्न खोज्दा ननिस्कने पैसा बैंकका कर्मचारीहरुले अनियमितता गरेको रकम फिर्ताका लागि ताला लगाइदिएको सापकोटाले बताए ।
0 comments
Write Down Your Responses