सिराहामा सभासदको संख्या २० पुग्यो

सिराहा, २१ पुस । दोस्रो संविधानसभामा छ वटा निर्वाचन क्षेत्र रहेको सिराहाबाट विभिन्न पार्टीका १४ जना समानुपातिक सभासद् चयन भएको छ । प्रत्यक्षतर्फ छ जना निर्वाचित भएका सिराहामा कुल सभासद्को
संख्या २० पुगेको हो । नेपाली कांग्रेसबाट केन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य प्रदीप गिरी, अमियकुमार यादव र मोहम्मद मोख्तार अहमद चयन हुनुभएको छ भने नेकपा एमालेबाट पोलिटब्युरो सदस्य धर्मनाथ साह र आशा यादव चयन हुनुभएको छ ।
यस्तै एकीकृत नेकपा माओवादीबाट अजयशंकर नायक, श्रीमती सरिता यादव, फोरम नेपालबाट उद्योगपति उपेन्द्र महतोको सहोदर भाई वीरेन्द्र महतो र उषा यादव चयन हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट धानो महरा, दलित जनजाति पार्टीबाट सोही पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, फोरम (लोकतान्त्रिक)बाट पवनकुमार सारडा र राष्ट्रिय मधेस समाजवादी पार्टीबाट निर्जला राउत छनोटमा पर्नुभएको छ ।
नेकपा एमालेमा क्षेत्र नम्बर ४ का धर्मनाथ यादवलाई समानुपातिका सभासद्मा छनोट नगरेमा जिल्ला नेता असन्तुष्ट देखिएका छन् । पार्टीले निर्णय नसच्याइए क्षेत्र नम्बर ४ का गाउँदेखि क्षेत्रीय कार्य समितिले सामूहिक राजीनामा दिने सात दिनको ‘अल्टिमेटम’ दिइएको जिल्ला सचिव रामऔतार यादवले जानकारी दिनुभयो ।
फोरम (गणतान्त्रिक)का अध्यक्ष यादवले आप्mनै पत्नीलाई छनोट गरेकामा जिल्लाका धेरै नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।
प्रत्यक्ष निर्वाचनतर्फ सिराहास्थित–६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट कांग्रेसका पदमनारायण चौधरी, क्षेत्र नम्बर २ बाट एमालेका रामचन्द्र यादव, क्षेत्र नम्बर ३ बाट कांग्रेसकी सीतादेवी यादव, क्षेत्र नम्बर ४ बाट कांग्रेसका रामचन्द्र यादव, क्षेत्र नम्बर ५ बाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर ६ बाट कांग्रेसका गणेश मण्डल प्रत्यक्षतर्फ निर्वाचित भएका छन् ।
प्रत्यक्ष र समानुपातिक गरी सिराहाबाट कुल २० जना सभासद् बनेका छन् । यस्तै, सिराहा घर भई अन्य ठाउँबाट दुई जना समानुपातिक सभासद् भएका छन् । नेकपा एमालेबाट ममता गिरी र एमाओवादीबाट निशा साह समानुपातिक सभासद्को सूचीमा परेका छन् ।

1 comments

गर गर पसुहरू त होनी 40 नै पूरय पनि कसैलाई भन्नु केही छैन।

Write Down Your Responses

Powered by Blogger.